• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    म्यागङ -६ को रास्ट्रीय आविमा डा. भिमलाल तामाङद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण


    २०७९ फागुण २३, मंगलबार

    २०७९ फागुण २३, मंगलबार

    नुवाकोट /
    जिल्लाको म्यागङ -६ हर्लमछाप स्थित रास्ट्रीय आविमा ट्र्याकसुट र शैक्षिक सामग्री वितरण गरिएको छ। नेपाल समाजवादी पार्टीका पोलिटब्युरे सदस्य समेत रहेका नुवाकोटका युवा नेता डा. भिलालाल तामाङको जि एफ एन परोपकारी संस्थाद्वारा उक्त सामग्री वितरण गरिएको हो।

    आज मंगलबार विद्यालयमा आयोजित विशेष कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष समेत रहेका आर्यान तामाङले डा. भिमलाल तामाङ र उनको संस्था जि एफ एनको खुलेर प्रशंसा गरेका थिए।

    उक्त संस्थाले विद्यालयका ३४ जना विद्यार्थीलाई ट्र्याकसुट कापिकलम तथा विद्यालयलाई क्यारेमबोर्ड लगायतका खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो।

    मिल्दो जुल्दो खबर