• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    सगरमाथा साधना सम्मान 2022 द्वारा: सुमित्रा सुमि सहित आठजनालाई सम्मान गरिने


    २०७९ पुष २३, शनिबार

    २०७९ पुष २३, शनिबार

    नुवाकोट /
    सगरमाथा साहित्य प्रतिष्ठानद्वारा आठ जना स्रष्टा/ साहित्यकारहरुलाई एकसाथ “सगरमाथा साधना सम्मान २०२२ द्वारा सम्मान गरिने भएको छ। युएई कविता समारोह २०२३ को अवसरमा यहि जनवरी ८ तारिख उक्त सम्मान गरिन लागेको हो।

    सम्मानित हुन लाग्नुभएका ब्यक्तित्वहरु:
    श्री जे सागर-गजलकार
    श्री प्रज्वल अधिकारी-कवि
    श्री जिरन थुलुङ राई-गीतकार
    श्री कुसुम नेपाली-गजलकार
    श्री लिली अधिकारी -कवि
    श्री सुमित्रा सुमि पाैडेल-गजलकार
    श्री विवेक दुलाल क्षेत्री ” दमक- कवि/कथाकार
    श्री दिपराज नियाेङ्हाङ-संगीतकार रहनु भएको छ।

    यस्तै कार्यक्रममा तिउरी कथा संग्रह (लेखक सुनिता कन्दङ्वा राई इजरायल) र साँझको जून हाईकु संग्रह (लेखक बसन्तराज अज्ञात)दुई कृति समेत बिमोचन हुनेछन ।

    यसैगरी युवाकवि प्रज्वल अधिकारीद्वारा दर्जन बढी कविता वाचन गर्ने तथा युएईमा रहेका अन्य कविहरुद्वारा कविता वाचन गर्ने कार्यक्रम समेत रहेको संस्थाका प्रवक्ता राजेशराज गड्तौलाले नुवाकोट जागरणलाई बताउनु भएको छ।

    कार्यक्रम: युएई कविता समारोह 2023
    समय : बिहान 11:30 बजे
    स्थान: कन्ट्री रोला होटल (नशा दोहोरी क्लब हल) बरदुबई युएई
    मिति: 2023 january 8
    आयोजक : सगरमाथा साहित्य प्रतिष्ठान
    सह आयोजक: सिर्जना वाचन डबली
    सह आयोजक: अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)

    मिल्दो जुल्दो खबर