• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    नुवाकोटमा बिकासका लागि आएको झण्डै २ अर्व रुपैयाँको बजेट फ्रीज


    २०७८ कार्तिक १, सोमबार

    २०७८ कार्तिक १, सोमबार

    नुवाकोट।
    नुवाकोटको विकासको लागि आएको पौने दुई अर्ब रुपैयाँको विकास बजेट फिर्ता भएको छ।संघीय सरकार र प्रदेश सरकारबाट जिल्लाको विकासको लागि विभिन्न योजनामा आएका रकमहरु खर्च नहुँदा फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको हो।

    संघ र प्रदेशको गरी एक अर्ब ६१ करोड ४४ लाख ७८ हजार रुपैयाँ रकम फिर्ता भएको छ। जसमा विकास बजेट एक अर्ब १५ करोड ६६ लाख १६ हजार रुपैयाँ रहेको छ भने चालुतर्फको ४५ करोड ७८ लाख ६१ हजार सात सय ५७ रुपैयाँ रहेको छ।

    संघतर्फको एक अर्ब २४ करोड १७ लाख १६ हजार दुई सय पाँच र प्रदेश सरकारतर्फको ३७ करोड २७ लाख ६१ हजार आठ सय असी रहेको छ। गत आर्थिक वर्षमा नुवाकोटका संघीय सरकार र प्रदेश सरकारबाट चालु खर्च र पुँजीगत खर्चको लागि १५ अर्ब ६९ करोड ५३ लाख २१ हजार बजेट आएको थियो।

    नुवाकोटलाई प्राप्त कुल बजेटमध्ये १४ अर्ब ८० करोड ८ लाख ८२ हजार रुपैयाँ करिब ९० प्रतिशतमात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष नुवाकोटमा संघीय बजेटअन्तर्गत चालुतर्फको ७ अर्ब ८४ करोड ८३ लाख ८२ हजार रुपैयाँ प्राप्त भएकोमा ७ अर्ब ५५ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ ।

    पुँजीगततर्फको ४ अर्ब ३७ करोड ४९ लाख २९ हजार रुपैयाँ बराबरको बजेट प्राप्त भएकोमा ३ अर्ब ४२ करोड ६४ लाख १ हजार रुपैयाँ खर्च भएको छ। प्रदेश सरकारको बजेटअन्तर्गत चालूतर्फको १ अर्ब २३ करोड ४ लाख २१ हजार रुपैयाँ मध्ये १ अर्ब ५ करोड ५७ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ।

    पुँजीगत तर्फको २ अर्ब २४ करोड १५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेटमध्ये २ अर्ब ३ करोड ३४ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ। यसको २१ करोड भन्दा बढी फिर्ता भएको हो।

     

    मिल्दो जुल्दो खबर