• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    किर्ते ठगीमा नुवाकोटकि अञ्जना तामाङ सहित ८ जना पक्राउ


    २०७९ मंसिर २५, आइतबार

    २०७९ मंसिर २५, आइतबार

    नुवाकोट /
    काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र कीर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले आज आइतबार पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो।

    ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं’ भन्दै उनीहरुले कर असुलीको नाममा ठगी र कीर्ते काम गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

    पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीका मिनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचचरकी सृजना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ तथा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।

    उनीहरुको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, नगद रसिदसहित ५ लाख ८ हजार ६४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए ।

    उनीहरुमाथि प्रहरीले ठगी र कीर्ते गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिरहेको छ ।अहिले पीडितहरुको उजुरी लिने काम भइरहेको पनि प्रहरीले जनाएको छ ।

    मिल्दो जुल्दो खबर