• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    एयरलाइन्सको लापरबाहीले: डोल्पा उडेकी धनकुमारी बुढा मुगु पुगिन


    २०७९ कार्तिक २३, बुधबार

    २०७९ कार्तिक २३, बुधबार

    काठमाडौ /
    समिट एयरको मंगलबार बिहान ६ः२० बजे नेपालगन्ज–डोल्पा उडान थियो। उक्त जहाज चढ्न डोल्पास्थित ठूलोभेरी नगरपालिका–५ की राजकुमारी बुढा मंगलबार नेपालगन्ज एयरपोर्ट पुगिन्। उडानका लागि सबै प्रक्रिया पूरा गरेर उनी जहाजतर्फ लम्किइन्। तर उनी समिटको होइन, सोही समयमा नेपालगन्जबाट मुगु उडान भर्न लागेको नेपाल एयरलाइन्सको जहाजमा पुगिन्।

    जहाँ नेपाल एयरलाइन्सका कर्मचारीले उनलाई जहाजभित्र प्रवेश दिए। उनलाई लाग्यो, अबको केही समयमा डोल्पा पुग्छु। तर उनी डोल्पा होइन, मुगु पुगिन्। अनि अताल्लिइन्। भनिन्, ‘डोल्पा जाने मान्छे, कसरी मुगु आए ?’ नाबालक छोरासहित डोल्पा जानुपर्ने राजकुमारी एयरलायन्सको लापरबाहीका कारण मुगु पुगेकी हुन्।

    यस विषयमा सोधपुछ जारी रहेको नेपाल एयरलाइन्स नेपालगन्जका क्षेत्रीय प्रवन्धक किरणमान श्रेष्ठले जनाए। कसको कमजोरी हो त्यो अनुसन्धान भइरहेको उनी बताउँछन्।

    मुगु पुगेकी ति महिला करिब २/३ घण्टापछि तारा एयरबाट पुनः नेपालगन्ज फर्किएकी छिन्। नेपालगन्जबाट नेपाल एयरलाइन्सको जहाज करिब १४ जना यात्रु बोकेर मुगु पुगेको थियो।रासस

    मिल्दो जुल्दो खबर