• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    पुराना तथा थोत्रा गाडीका कारण दुर्घटना बढेको भन्दै: आजदेखी यान्त्रिक परिक्षण हुने


    २०७९ असोज ९, आइतबार

    २०७९ असोज ९, आइतबार

    नुवाकोट /
    सरकारले आजदेखि मध्यम तथा लामो दुरीमा चल्ने सवारी साधनको यान्त्रिक परीक्षण गरिने भएको छ। पुराना तथा थोत्रा गाडीका कारण दुर्घटना बढेको भन्दै चाडबाडमा दुर्घटना नियन्त्रण गर्न यस्तो व्यवस्था गरेको हो।

    यातायात व्यवस्था विभागबाट आजदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा काठमाडौं उपत्यकाका मुख्य–मुख्य स्थानमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइने छ।

    सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको हिजोको बैठकले दुर्घटना रोक्न सवारी साधनमा टाइम कार्ड लागू गर्नेसहितका विभिन्न १४ निर्णय गरेको छ।

    मिल्दो जुल्दो खबर