• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    तिजको दर खाएर एउटै गाउँका एकसयभन्दा बढी बिरामी: सबैलाई वान्ता र पखाला


    २०७९ भाद्र ८, बुधबार

    २०७९ भाद्र ८, बुधबार

    नुवाकोट /
    गोरखा जिल्लामा तिजको दर खाएर एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् ।गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् ।

    वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । “कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए ।सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्”, उहाँले भन्नुभयो, “बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।”

    स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताउनुभयो। बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उहाँले बताउनुभयो ।

    बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन् ।केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिनुभयो।

    बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको उहाँले बताउनुभयो ।

    बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ ।

    “केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्”, उहाँले भन्नुभयो। रासस

    मिल्दो जुल्दो खबर