• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    ३ सय डलर भन्दा माथीका मोबाईल आयातमा प्रतिबन्ध

    २०७९ श्रावण १, आइतबार

    २०७९ श्रावण १, आइतबार

    काठमाडौ /
    सरकारले ३८ हजारमाथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३०० अमेरिकी डरभन्दा बढी मूल्यका मोबाइल प्रतिबन्ध लगाएको हो।

    मन्त्रालयले बैशाख यता ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको प्रतिबन्ध लगाएको थियो। तर, भदौ १४ सम्मको लागि ६०० डलरबाट घटाएर ३०० डलरसम्मका मोबाइल प्रतिबन्ध लगाएको  छ।

    राजपत्रमा प्रकाशित सूचना अनुसार २०७९ साउन १ गतेभन्दा अगाडी बैंकिङ माध्यमबाट आयातको प्रकिया सम्पन्न भैसकेका ३०० देखी ६०० डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा अहिलेको व्यवस्था लाग्ने छैन।

    सरकारले यसअघिको निर्णयले नेपालमा आइफोन ब्रान्डमा मुख्य घाटा रहेको थियो भने अब सामसुङ, रेडमी, भिभो, ओप्पो, साओमीलगायत अधिकांश कम्पनीलाई असर पर्ने छ।

    मिल्दो जुल्दो खबर