• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    म्यागङ -६ को वडा अध्यक्षमा: जसपाबाट छिरिङ तामाङको उम्मेदवारी


    २०७९ वैशाख ८, बिहिबार

    २०७९ वैशाख ८, बिहिबार

    नुवाकोट /
    आगामी बैशाख ३० गते हुन लागेको “स्थानीय तह निर्वाचन २०७९” चुनावी माहौल जिल्ला लगायत देशैभर तातिन थालेको छ।यसैक्रममा म्यागङ गाउँपालिका वडा नं ६ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छिरिङ तामाङले उम्मेदवारी दिन लागेका हुन।

    सामाजिक कार्यमा अग्रसर रहेका तामाङ स्वच्छ छवि भएका ईमानदार नेताका रूपमा परिचित छन्।

    उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै सामाजिक संजालमा लेखेका छन् ” तपाईहरु अर्थिक ले गर्दा परिवार चलाउन निराश हुनुहुन्छ ?
    अब ढुक्क हुनुहोस् तपाईहरुको सुभचिन्तक तपाईहरुको हर दु:ख मा साथ् दिन को लागि उम्मेदवार बनेर छिरिङ तामाङ अएको छ ।
    1) हरेक घरमा अर्थिक उन्नति को लागि
    2) टोलटोल मा स्वच्छ सफा राख्नको लगि
    3) घरमै रोजगार र वैदेशिक रोजगार मुक्त हुनको लागि
    4) बाध्यताले बिदेश हिड्नु पर्दैन
    5) बच्चाहरुको गुणस्तर शिक्षा को लागि
    6) भ्रस्टाचार जरैदेखि उखेल्नको लागि
    7) कमिसन को अन्त्य गर्न को लागि
    8) कृषि मा क्रान्ति ल्याउनको लागि
    9) खाने पानी र सिचाइ को अभाव अन्त्य गर्न को लागि
    10) सडक बिस्तार गर्नको लागि

    यी सबै तपाई हरुलाई चाहनु हुन्छ भने छिरिङ तामाङ लाई भोट हलेर जिताउनु होल ।

    छिरिङ तामाङ
    म्यगङ 6 वडा अध्यक्ष को उम्मेदवार”

    यसैगरी म्यागङ ३ मा आईसिंङ तामाङ र म्यागङ ५ मा दिनेश तामाङले वडा अध्यक्षका लागि उम्मेदवारी दिने छन।

    मिल्दो जुल्दो खबर