• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    साहित्य संगम नुवाकोटको: स्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम बैशाख १ गते हुने


    २०७८ चैत्र २४, बिहिबार

    २०७८ चैत्र २४, बिहिबार

    नुवाकोट /
    साहित्य संगम नुवाकोटको आयोजनामा स्रस्टा सम्मान, कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम आगामी नयाँ वर्षका दिन अर्थात बैशाख १ गते हुने भएको हो।

    साहित्य संगम नुवाकोटले विभिन्न आरोह अवरोह पारगर्दै काव्य गोष्ठी , कविता प्रतियोगिता लगायतका कार्यक्रमहरु निरंन्तर गर्दै आइरहेको छ। साथै श्रष्टासित जन्मदिन, स्वर्ण प्रहर जस्ता साहित्यिक कार्यक्रम सञ्चालन गर्दै हप्तामा दुई दिन फेसबुक लाइभ मार्फत रचना वाचन कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ।

    साहित्य संगम नुवाकोटले संस्थाको वर्षगाठको अवसरमा श्रष्टालाई सम्मान गर्ने कार्यको थालनी पनि गत बर्षबाट शुरु गरेको छ ।

    यसैगरी यस संस्थाले संगम अर्धवार्षिक साहित्यिक पत्रीकाको समेत प्रकाशन गर्दै आइरहेको छ।

    मिल्दो जुल्दो खबर