• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    सर्लाहीमा बस दुर्घटना: ४ जनाको मृत्यु पुर्ण बिवरण आउन बाँकि


    २०७८ चैत्र १३, आइतबार

    २०७८ चैत्र १३, आइतबार

    मलंगवा /
    पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जना यात्रुको मृत्यु भएको छ ।दुई दर्जन बढी घाइते भएको हुनसक्ने जनाइएको छ ।वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ८५५५ नम्बरको सूर्यलोक यात्रुबाहक बस पुलबाट तल खोलामा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतकहरुको अहिले पहिचान खुल्न सकेको छैन् ।मृतक चारैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा ल्याइएको छ ।घाइतेहरुको संख्या पनि अहिले यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।घाइतेहरुको लालबन्दीको विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।गम्भीर भएकाहरुलाई रिफर गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानले बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको बताइए पनि यर्थात् जानकारी आउन सकेको छैन् ।

    मिल्दो जुल्दो खबर