• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    जसपा तारकेश्वरका सहसंयोजक रामजी आले एमाले प्रवेश भन्ने प्रचारबाजी भ्रामक


    २०७८ फागुण २२, आइतबार

    २०७८ फागुण २२, आइतबार

    नुवाकोट/
    जिल्लाको तारकेश्वर गाउँ पालिका वडा नं २ निवासी जसपा गाउँपालिका सहसंयोजक रामजी आले लगायत बिष्णु प्रसाद सिग्देल , राजकुमार श्रेष्ठ नेकपा एमाले प्रवेश गरेको भन्ने कुरा भ्रामक प्रचारबाजी भएको कुरा जानाएको छ ।जिल्ला अध्यक्ष ईश्वरकुमार राउत र रामजी आलेले छुट्टाछुट्टै प्रेस विज्ञप्ति मार्फत उक्त कुराको जानकारी गराएको हो।

    “उहाँहरूलाई विधालयको छलफल छ भनि बोलाई सहमति विना कमिटीमा राखेर भ्रम फैलाउने काम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। सम्बन्धित ब्यक्तिसंगको स्पष्टीकरण पश्चात् उक्त विज्ञप्ति सार्वजनिक गरिएको जसपा केन्द्रिय परिषद सदस्य राजन बमले बताए ।

    मिल्दो जुल्दो खबर