• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    किस्पाङबाट काठमाडौ जाँदै गरेको टिमुरे यातायातको यात्रुबाहक बस दुर्घटना


    २०७८ फागुण ८, आइतबार

    २०७८ फागुण ८, आइतबार

    नुवाकोट/
    जिल्लाको साल्मेबाट काठमाडौँ जादै गरेको यात्रुबाहक बस भीरबाट खसेको छ ।किस्पाङ गाउँपालिका वडा नम्बर ३ को किर्नेबगरमा बस भीरबाट खसेको हो।

    प्रदेश ३ ०१०६ ख १५४१ नम्बरको टिमुरे यातायातको यात्रुबाहक बस साल्मे हुँदै काठमाडौं जादैगर्दा किर्नेबगरमा दुर्घटनामा परेको हो ।बस भीरबाट करिब दुइ सय मिटर तल खसेको छ ।घाइतेको संख्या धेरैरहेको तर कोहि हताहत भएको खबर प्राप्त भएको छैन। थप विबरण प्राप्त हुनासाथ अर्को अपडेटमा दिनेछौं ।

     

    मिल्दो जुल्दो खबर