• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    कुलमान घिसिङ उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मानित


    २०७८ माघ १५, शनिबार

    २०७८ माघ १५, शनिबार

    काठमाडौ /
    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् ।उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्याएर अतुलनीय योगदान गरेकोमा सम्मानित गरिएको हो।

    लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ ।

    कार्यक्रममा गायिका आनी छोइङ, कलाकार पल शाह, हृदयरोग विशेषज्ञ कमल लम्साल, सांस्कृतिक संरक्षण अभियन्ता रविन्द्र पुरी, पत्रकार खेम बम र बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई पनि सम्मान गरिएको थियो ।

    राज्यमन्त्री उमेश श्रेष्ठले अवसरको खोजी गर्दै देशभित्रै केही गर्ने भावनाको विकास गर्न युवाले विशेष पहल गर्नुपर्ने बताए ।

    नेपालमा अवसरै अवसर रहेको भन्दै उहाँले केही पनि काम पाइएन र केही पनि भएन भनेर विदेशिने प्रवृत्तिको अन्त्यका लागि राजनीतिमा नै सुधार गर्ने ध्येयका साथ आफू पनि सक्रिय राजनीतिक कर्ममा आएको बताए

     

    मिल्दो जुल्दो खबर