• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    आज नुवाकोट सहित देशका अधिकांश स्थानमा मेघगर्जन,चट्याङ ,वर्षा र हिमपात


    २०७८ माघ ९, आइतबार

    २०७८ माघ ९, आइतबार

    नुवाकोट /
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज नुवाकोट सहित देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, वर्षा र हिमपातको सम्भावना रहेको छ।

    आइतबार बिहान देशका विभिन्न स्थानमा मौसम बदली रहेको छ। मधेश‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा साथै प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति देशभर मौसम बदली रही अधिकांश प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा मौसम बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने छ। शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ।

     

    मिल्दो जुल्दो खबर