• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    रात्रीकालिन ब्यबसाय: डान्स बार र दोहोरी साँझ बन्द गर्ने मन्त्री परिषदको निर्णय


    २०७८ माघ १, शनिबार

    २०७८ माघ १, शनिबार

    काठमाडौ /
    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको छ ।

    आदेश अनुसार रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने भएको छ ।राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो ।

    यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् ।

    त्यस्तै, राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने भएको छ ।

    मिल्दो जुल्दो खबर