• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    भिजिट भिषामा बिदेश पुगेका एकै गाउँका ७ नेपाली युवा दुबईमा अलपत्र


    २०७८ मंसिर ७, मंगलबार

    २०७८ मंसिर ७, मंगलबार

    काठमाडौ ।
    वैदेशिक रोजगारीका लागि दुई महिना अघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् ।सेप्टेम्बर १९ तारिखमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् ।

    सिराहाका एकै गाउँका नरेश कुमार यादव, नबिन कुमार यादव, निरज कुमार यादव, मुकेश प्रसाद यादव, कासिन्दर कुमार शाह र छोटु यादव रहेका छन् भने धनुषाका रन्जन कुमार शाह अलपत्र परेका छन् ।

    उनीहरू सिराहाका एजेन्ट रबिरन्जन कुमार गुरमेहेताले दुवइको एडिमन रक कम्पनीमा मासिक तलब १३ सय दिराम हुने भन्दै पर्यटक (टुरिस्ट) भिसामा दुवइ पठाएको अलपत्र मध्यका नरेश कुमार यादवले जानकारी दिए ।

    उनीहरूलाई दुबई पुग्ने बित्तिकै त्यहाँको स्थानीय एजेन्ट दुर्गा राईले विमानस्थलमा भेट गरेको र उनीहरू सातै जनासँग प्रतिव्यक्ति पाँच सय डलर लिएर अर्का एजेन्ट चित्र नाम गरेको व्यक्तिलाई जिम्मा लगाएको तथा उनले पनि उनीहरुबाट पाँच सय डलर लिएर एउटा कोठामा रहेको नरेशले बताए ।

    नेपालमा बाबुआमालाई एजेन्टको घरमा पठाउँदा उल्टै धम्क्याउने गरेको उनीहरूको गुनासो छ ।उनीहरूले आफूहरूलाई पठाउने एजेन्टलाई कारबाही र आफूहरूको सकुशल उद्धार गरिदिन वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायसंग आग्रह गरेका छन् ।

     

    मिल्दो जुल्दो खबर