• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा शान्ती लामाको उम्मेदवारी


    २०७८ मंसिर ५, आइतबार

    २०७८ मंसिर ५, आइतबार

    नुवाकोट।
    नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशन प्रतिनिधिमा म्यागङ गाउँपालिका उपप्रमुख शान्ती लामाको उम्मेदवारी परेको छ।उनले नुवाकोट क्षेत्र नं २ जगतबहादुर तामाङको समुहबाट उम्मेदवारी दिएका हुन।

    म्यागङका सशक्त र शिक्षित नेतृ लामाले आफ्नो ४ बर्शे कार्यकालमा आफुलाई सामाजिक ब्यक्तित्वको रूपमा समाजलाई चिनाएका छन् ।म्यागङ बिकासका हरेक आयामहरुमा आफुलाई इमानदार ढंगले उभ्याएको मानिन्छन् ।

    नुवाकोटको जागरणसंगको साक्षात्कारमा उनले समाज परिवर्तन र बिकासका नयाँ आयामहरु थप्दै बिपिको मार्गदर्शक सिद्धान्त पछ्याउँदै म्यागङ बिकासको संवाहक बन्न आफुले उम्मेदवारी दिएको बताएकी छिन।साथै आफुलाई अमुल्य मत दिएर विजयी गराउन सम्पुर्ण क्षेत्रीय प्रती ज्युहरुलाई हार्दिक अपिल समेत गरेकी छिन।

     

    मिल्दो जुल्दो खबर