• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    नुवाकोटको किम्ताङमा वृहत एकादशी मेला तथा संस्कृतिक कार्यक्रम सम्पन्न


    २०७८ कार्तिक ३०, मंगलबार

    २०७८ कार्तिक ३०, मंगलबार

    नुवाकोट।
    जिल्लाको म्यागङ गाउँ पालिका वडा न. ४ किम्ताङमा तक्पागङ क्षेत्रलाई पर्यटन क्षेत्र बुद्ध पार्क बनाउने अभिलाषाका साथ आयाेजना गरिएको एकादशी मेला सम्पन्न भएको छ।प्रमुख अथिति संविधानसभा सदस्य नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    उक्त कार्यक्रमका विशेष अथितिहरुमा म्यागङ गाउँ पालिका प्रमुख आशा तामाङ र उपप्रमुख शान्ती लामा गुरुङ, अथिति म्यागङ ४ किम्ताङका वडाध्यक्ष कमल बहादुर तामाङ तथा विभिन्न संघ संस्था,लामा, बाेम्बाे, विभिन्न पार्टी प्रतिनिधिहरुकाे अथितिथ्यमा बृहत् एकादशी मेला सप्पन्न भएको हो।

    यसैगरी विविध अनाैपचारिक तथा औपचारिक सांस्कृतिक कार्यक्रमहरु गरिएकाे थियाे ।औपचारिक कार्यक्रमका सभापति न्यू लाली गुराँस युवा क्लबका अध्यक्षता बल बहादुर तामाङले गर्नु भएकाे थियाे ।उपस्थिति सम्पूर्णलाई स्वागत मन्तव्य राख्दै न्यू लाली गुराँस युवा क्लवका सदस्य प्रताप बहादुर तामाङले स्वागत गर्नु भएको थियाे भने कार्यक्रमलाई संगीतमय बनाउन संगीतिक काेसेलीहरु पस्किन्रमा तामाङ कलाकार द्धय आर बि लामा वाङ्देन र शान्ती मम्बा हुनुहुन्थ्याे

    त्यस्तैगरि कार्यक्रमलाई औपचारिक रुपमा उदघाेषक द्धय सुरुची तामाङ र लालबहादुर लामाले संचालन गरेको थियाे ।

    साे कार्यक्रमलाई सफल पार्न अार्थिक दान गर्नु हुने बेल्जियम बस्नु हुने दानदाता साेताङ बहादुर तामाङ र वीर माया तामाङले रु. ६००००/- ( साठ्ठी हजार ) रुपैया दान गर्नु भएकाे थियाे।

    मिल्दो जुल्दो खबर