• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    राष्ट्रिय परिचयपत्रको वेबसाईट ह्याक


    २०८२ मंसिर ३, मंगलबार

    २०८२ मंसिर ३, मंगलबार
    काठमाडौ /
    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भएको हो। योसँगै वेबसाइट खुल्न बन्द भएको छ।
    विभागमा महानिर्देशक नमराज घिमिरेका अनुसार करिब एक घण्टा अघिदेखि वेबसाइटमा समस्या देखिएको छ। अहिलेसम्म पनि समस्या समाधान भएको छैन। विभागका इञ्जिनियरले सिस्टमको समस्या पत्ता लगाउने प्रयास गरे पनि अहिलेसम्म के भएको हो भन्ने पत्ता लागि नसकेको महानिर्देशक घिमिरेले बताए।
    केही दिन अघिलेखि विभागले मतदाता नामावलीमा नाम दर्ता अनलाइनबाटै गर्न सक्नेगरी सिस्टम विमास गरेको जनाएको थियो। उक्त सिस्टम बनाउने सन्दर्भमा जेनजी युवाले जस लिन खोजेपछि त्यतिबेलै डाटाको सुरक्षा र गोपनीयतामा प्रश्न उठेको थियो।

    मिल्दो जुल्दो खबर