• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    नुवाकोटको ढुङ्गेमा बसको ठक्करबाट एकजनाको मृत्यु


    २०८२ असार १, आइतबार

    २०८२ असार १, आइतबार

    नुवाकोट/
    जिल्लाको व्यस्त बजार विदुर -१ ढुङ्गेचोकमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ। आइतबार बिहान सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको हो।

    गल्छी–त्रिशूली सडकखण्डमा ढुङ्गेबाट रसुवातर्फ जाँदै गरेको ना ४ ख ४८४ नम्बरको यात्रुबाहक बसले पैदल यात्री अम्बिका भट्टलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्।

    किस्पाङ गाउँपालिका-५ शान्तिबजार बस्ने अन्दाजी ५४ वर्षीया भट्टलाई दुर्घटनापछि त्रिशूली अस्पताल पुर्याइएको थियो।

    पेट र दुबै खुट्टामा गम्भीर चोट लागेकी भट्टलाई जिल्ला अस्पताल नुवाकोटबाट थप उपचारका लागि ग्रिन सिटी अस्पताल लगिएको थियो। तर उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका छन्।

    दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा राखिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    मिल्दो जुल्दो खबर