• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    प्रथम विदुर खेलकुद महोत्सवमा: सामरी कल्लाबारी डोजो ७ स्वर्णसहित प्रथम


    २०८१ फागुण ७, बुधबार

    २०८१ फागुण ७, बुधबार

    नुवाकोट /
    जिल्लामा जारी “प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव २०८१” अन्तर्गत भएको कराँते प्रतियोगितामा म्यागङको “सामरी कल्लाबारी डोजो” प्रथम भएको छ। हिजो मंगलबार भएको उक्त प्रतियोगितामा सामरी कल्लाबारी डोजोले ७ स्वर्ण र ३ कास्यपदक जितेर प्रथम भएको हो।

    खेलकुद मन्त्री मिनकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त प्रतियोगितामा ८ टिमका १५० भन्दाबढी खेलाडीहरुको सहभागिता रहेकोे थियो।

    मिल्दो जुल्दो खबर