• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    काठमाडौको आकाश खुल्दै तापक्रम भने गिर्दै, आज ९ डिग्रीमा झर्यो


    २०७८ कार्तिक १९, शुक्रबार

    २०७८ कार्तिक १९, शुक्रबार

    काठमाण्डौ।
    उपत्यकाको न्यूनतम तापक्रम आज ९ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ।हिजो न्यूनतम तापक्रम १०  डिग्री सेल्सियस थियो भने अस्ति ११ दशमलव ४ डिग्री सेल्सियस थियो ।

    गएराति आकाश सफा भएका कारण आजको न्यूनतम तापक्रम घटेको मौसमविदले जनाएको छ ।उहाँका अनुसार रातको समयमा बादल नलागे न्यूनतम तापक्रम घट्छ ।

    चिसो सुरु भएकाले अब न्यूनतम तापक्रम अझै घट्दै जाने छ ।यस्तैगरि,पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

    केही ठाउँको मौसम भने आंशिक बद्ली हुने सम्भावना छ ।यस्तै, केही हिमाली जिल्लामा पनि आज हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

     

    मिल्दो जुल्दो खबर