• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    बेलकोटगढीमा ११३औ, लक्ष्मी जयन्ती तथा बिद्यालय स्तरिय कविता प्रतियोगिता सम्पन्न


    २०७८ कार्तिक १७, बुधबार

    २०७८ कार्तिक १७, बुधबार

    नुवाकोट।
    जिल्लाको बेलकोटगढी नगरपालिकाको वडा नं ५ छापमा ११३औ, लक्ष्मी जयन्ती तथा बिद्यालय स्तरिय कविता प्रतियोगिता सम्पन्न भएको छ।प्रमुख अतिथी बेनपा उपमेयर कविता ढुंगाना ,वडा अध्यक्ष अनन्त नेपाल ,वडा सदस्य दिपेन्द्र थापामगरको उपस्थितिमा सम्पन्न भएको हो।

    उक्त कार्यक्रममा प्रथम स्थान हासिल गर्ने बिबिना लामिछाने महादेव मा बि कोल्पुटार ,द्वितिय स्थान हासिल गर्ने प्रबिना नेपाल ,कामरु माबि डबली ,तृतीय स्थान हासिल गर्ने प्रतिमा सुवेदी ,गौलिङे श्वोर माबि अच्मारा,प्रोत्साहन स्वरुप सुस्मिता नेपाल मालिका मा बि देउराली ,इन्द्रेश्वर निमाबी रहेका थिए।

    साथै आज साहित्यक सर्जकहरु सुमित्रा सुमि र नवदिप अजनबिलाई सम्मान गरिएको थियो भने साहित्य संगम नुवाकोटको प्रकाशन ‘संगम’ दोर्सो अंक बिमोचन कार्यक्रम पनि सम्पन्न भएको छ।

    यसैगरी कुन्जिनी उधान शिलान्यास कार्यक्रम समेत सम्पन्न भएको छ ।प्रतिस्ठानमा दिपा धिताल किरण उजागर पुडासैनी ,शंकर मुडभरी ,केशब न्यौपाने ,केशब नेपाल सदस्यमा चयन भएको संस्थाका सचिव नारायण नेपालले नुवाकोट जागरणलाई बताएका छन् ।

     

    मिल्दो जुल्दो खबर