• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    भोलि र पर्सि देशभर भारी वर्षा: बागमतीसहितका ३६ जिल्लामा रेड अलर्ट जारी


    २०८१ श्रावण २१, सोमबार

    २०८१ श्रावण २१, सोमबार

    नुवाकोट /
    मंगलबार र बुधबार देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गरी मनसुन न्यूनचापीय रेखा नेपालनजिक सर्ने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने बताएको हो।

    महाशाखाका अनुसार मंगलबार र बुधबार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ।

    साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ।

    महाशाखाले मधेश र कर्णालीबाहेक ६ प्रदेशका ३६ जिल्लामा रेड अलर्ट जारी गरेको छ। धेरै वर्षा हुने र यसले बाढीपहिरोको जोखिम निम्ताउन सक्ने भएकाले रेड अलर्ट जारी गरिएको हो।

    मिल्दो जुल्दो खबर