• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    गाउँगाउँमा साहित्य अभियानको छैटौं शृङ्खला: म्यागङको ग्रामसेवा माबीमा सम्पन्न


    २०८० कार्तिक १७, शुक्रबार

    २०८० कार्तिक १७, शुक्रबार

    नुवाकोट/
    जिल्लाको म्यागङमा “साहित्य संगम नुवाकोट“को आयोजनामा “गाउँगाउँमा साहित्य अभियान“को छैटौं शृङ्खला सम्पन्न भएको छ। आज शुक्रबार म्यागङ -५ सामरीमा रहेको ग्रामसेवा माबीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

    म्यागङ -५ का वडा अध्यक्ष जितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    साहित्य संगम नुवाकोटका आजिवन सदस्य छवि ओझाद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व साहित्य संगम नुवाकोटका अध्यक्ष सुमित्रा सुमिको रहेको थियो।

    उक्त कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका विद्यार्थी र अन्य साहित्य प्रेमी सर्जकहरुले आफ्नो सिर्जना प्रस्तुत गरेका थिए।

    उक्त साहित्य कार्यक्रममा सहभागी सम्पुर्ण नवस्रस्टा-सर्जकहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

    साहित्य संगम नुवाकोटले जिल्ला भित्रका हरेक गाउँपालिकामा प्रत्येक महिना एउटा कार्यक्रम गर्दै आईरहेको छ।

     

    मिल्दो जुल्दो खबर