• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दहालको निधन


    २०८० असार २७, बुधबार

    २०८० असार २७, बुधबार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ। आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

    अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ।

    सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन्। यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन्।

    दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    मिल्दो जुल्दो खबर