• कार्तिक १०, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    कांग्रेस एमालेसंग सत्ता मोलमोलाइ गर्न समाजवादी मोर्चा बनाइयो- भट्टराई


    २०८० असार २४, आइतबार

    २०८० असार २४, आइतबार

    नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चामा नरहनुको कारणबारे प्रस्टीकरण दिएका छन् ।माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाही अघि बढेलगत्तै भट्टराइले सो स्पष्टीकरण दिएका हुन्।

    पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक र राजनीतिक विषयप्रतिको अरूची, अनिच्छा, खालि तत्कालीन संसदीय अंक गणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसंग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,’ उनले भनेका छन्।

    मोर्चासँग नयॉ युगको नयॉ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको भट्टराईको भनाइ छ। ‘सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो।

     

    मिल्दो जुल्दो खबर