• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    वान एक्स वेटको विज्ञापन गर्नु अवैध भन्ने थाहा थिएन- बल्छी ध्रुवे


    २०८० असार १२, मंगलबार

    २०८० असार १२, मंगलबार

    अनलाइन बेटिङ (सट्टेवाजी) को वेबसाइट वानएक्स वेटको प्रचार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) ले त्यसरी विज्ञापन गर्नु अवैध हो भन्ने आफूलाई थाहा नभएको जिकिर गरेका छन्।

    जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा रहेका श्रेष्ठलाई भेट्न सोमबार पुगेको कलाकारहरुको टोलीसँग उनले भने, ‘धेरै युट्युबरहरुले त्यसरी विज्ञापन गरेका थिए, हामीलाई पनि अफर आयो। त्यही अनुसार विज्ञापन मात्र गरेका थियौं। त्यो गलत हो भन्ने थाहा थिएन।’

    लामो संघर्षपछि स्थापित हुँदै गरेका बेला विज्ञापनको विषयलाई लिएर ठूलै अपराधीझैँ पक्राउ गरिँदा आफू खिन्न भएको उनले बताएका छन्। ‘विज्ञापनवापत पैसा आउँथ्यो, त्योबाहेक केही सरोकार थिएन’, उनले भने, ‘दुःख र संघर्ष गरेर यहाँसम्म आइयो, यस्तो सानो विषयमा थुनामा पर्नुपर्‍यो।’

    त्यसमाथि प्रहरीले हातमा हत्कडी लगाएर अदालत लाँदा ल्याउँदा एकदम नमिठो लागेको उनले बताए।

    उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले अवैध वान एक्स वेटको प्रचार गरेको अभियोगमा बल्छी ध्रुवेसहित ८ कलाकारलाई पक्राउ गरेको थियो।

    मिल्दो जुल्दो खबर