काठमाडौ /
धरहरा अभियन्ता तथा युग मानव ध्रुबप्रसाद गजुरेललाई भारतको उत्तर प्रदेशको वृन्दावनमा आयोजना भएको नेपाल साहित्य महोत्सवमा प्रशस्ति पत्र “ब्रज शिरोमणि” सम्मान 2025 बाट सम्मान गरिएको छ।

हालै मात्र अमेरिकाको ख्यातिप्राप्त Cedarbrook University US ले उहाँलाई भारतको नयाँ दिल्लीमा भएको एउटा भब्य कार्यक्रममा सफल अभियन्ताको रूपमा GOLD MEDAL सहित मानार्थ विद्यावारिधि DOCTOR OF PHILOSHOPHY (PHD) उपाधि सहित सम्मान प्रदान गरेको थियो।

उक्त अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा उहाँले आफैले प्रतिपादन गर्नु भएको सन्देश बिधाको बारेमा जानकारी दिँदै एउटा सन्देश र आफैले प्रतिपादन गर्नु भएको लोकप्रिय घनु बहरको बारेमा हिन्दीमा जानकारी दिँदै नेपालीमा एउटा गजल सुनाउदा भब्य ताली बजेर भारत र नेपालका साहित्यकारहरूले सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा वृन्दावन विकास समितिका CEO SB Singh ले उक्त प्रमाणपत्र प्रदान गरेका थिए ।यस अघि पनि नेपालमा सम्पन्न भएको यस्तै कार्यक्रममा उहाँलाई नेपाल भारत साहित्य अर्वाडबाट सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल र भारत लगायत विभिन्न देशहरूबाट आएका विभिन्न साहित्यकारहरूले विभिन्न बिधाका रचनाहरू वाचन गरिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x