
Cedarbrook University US ले चर्चित साहित्यकार एबं गजलकार धरहरा अभियन्ता युग मानव ध्रुबप्रसाद गजुरेललाई भारतको नयाँ दिल्लीमा भएको एउटा भब्य कार्यक्रममा सफल अभियन्ताको रूपमा GOLD MEDAL सहित मानार्थ विद्यावारिधि DOCTOR OF PHILOSHOPHY (PHD) उपाधि सहित सम्मान प्रदान गरिएको छ ।
बि स. २०७२ सालको भूकम्पले धरहरा पुर्ण रूपमा नष्ट भएपछि उहाँले धरहरा जस्ताको तस्तै बनाउनु पर्छ भनेर अभियान नै चलाउनु भएको थियो ।जुन अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै चर्चा कमाएको थियो । धरहरा अभियानलाई साहित्यतर्फ जोडेर कैयौं पुस्तकहरू समेत प्रकाशन गरिसक्नु भएको छ उहाँले । तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीले धरहराको शिलान्यास गर्दा ३ करोड नेपालीहरूको तर्फबाट बोल्ने र कविता सुनाउने सौभाग्य पाउनु भएका ध्रुबप्रसाद गजुरेल बिना पारिश्रमिक १० बर्ष सम्म धरहरा फेदमा भोलिन्टिएर रूपमा सेवा गर्दै सबै तलाहरू थपिदै जादा विभिन्न साहित्यिक कार्यक्रमहरू संचालन गर्दै आउनु भएको थियो। धरहरा अभियान संचालन गर्दै गर्दा उहाँले बनाएका भिडियोहरू, प्रकाशन गरेका पुस्तकहरू धरहरासंग सम्बन्धित विभिन्न कार्यक्रमहरूलाई नेपाल सरकारले सम्पतिको रूपमा ग्रहण गरिसकेको छ ।
साहित्य संगम नुवाकोटले स्थापना गरेको अक्षय कोषका घोषणा कर्ता समेत रहनु भएका ध्रुबप्रसाद गजुरेल धरहरा सम्बत् का प्रवर्तक, सन्देश बिधाका प्रवर्तक, घनु बहरका प्रवर्तक तथा विभिन्न अक्षयकोषहरू स्थापनाका सफल अभियानकर्ता समेत रहनुभएको छ। उहाँले गरेका कामहरूको मुल्यांकन गर्दै सफल सामाजिक अभियन्ताको रूपमा GOLD MEDAL सहित DOCTOR OF PHILOSHOPHY (PHD) को उपाधी प्रदान गरिएको हो ।
केही दिन अगाडि साहित्यमा नेपालको सबभन्दा ठुलो एबं चर्चित साहित्यिक संस्था नोबेल साकोसले उहाँले गरेका कामहरूलाई मुल्यांकन गरेर उहाँलाई “युग मानव” घोषणा गरेको थियो ।अरूको कुरा नसुनि आफ्नो साधनामा निरन्तर लागिरहने सफल ब्यक्तिको रूपमा चिन्न सकिन्छ उहाँलाई ।
बोलेको र आटेको काम पुरा गर्न सक्ने भएर केही बर्ष अगाडि Man of the action को उपनाम समेत प्रदान गरिएको थियो उहाँलाई । सफल अभियन्ताको रूपमा धरहरासंग जोडिएर यो उपाधी पाउने उहाँ नेपालकै पहिलो ब्यक्ति समेत हुनु भएको छ ।