• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    आफ्नै विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ


    २०८१ फागुण १३, मंगलबार

    २०८१ फागुण १३, मंगलबार

    नुवाकोट /
    १५ वर्षीया आफ्नै छात्रामाथि विगत तीन महिनादेखि यौन शोषण गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन। गोरखाको धार्चे गाउँपालिका- २ रुञ्चेतस्थित एक विद्यालयमा पढाउने शिक्षक कमलबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो

    अभिभावकले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको डिएसपी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए। शिक्षक बोहराको घर जाजारकोटको नलगाड नगरपालिका – ८ हो।

    पछिल्लो पटक गत माघको २८ गते नरापर्व चलिरहेका बेला बलात्कारको घटना भएको थियो। घटनालगत्तै अभिभावकले सोधपुछ गर्दा लामो समयदेखि यौन शोषण हुने गरेको खुलासा भएपछि प्रहरीमा उजुरी दिएका थिए।

    प्रहरीले शिक्षक बोहोरालाई गत फागुन ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका शिक्षकविरुद्ध सोमबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।

    मिल्दो जुल्दो खबर