कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ। गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ।

बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिए ।उनको अवस्था भने खतरामुक्त रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x