आज २०८१ साल भदौ ५ गते बुधबार तदनुसार सन् २०२४ अगष्ट २१ तारिख। भद्र कृष्ण पक्षको द्वितीया तिथि। रोपाइँ जात्रा ।२७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

आजको फलादेशः

मेष : विवेकले काम गर्नुपर्ने समय छ । समस्यालाई हटाएर गरेको काम सफल बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो आम्दानी हुनेछ। आफन्त र परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : तपाईंको बोलीको प्रशंसा हुनेछ। परोपकारी संस्थाको साथ रहनेछ। तपाईंको पक्षमा बहुमत भएकाले राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्ने जोखिम देखिन्छ।

मिथुन : ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ। लगानीका क्षेत्रमा लफडा हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने देखिन्छ। राजनीतिमा सम्मान प्राप्त हुने योग छ। परिवारको मायाले नयाँ संस्कारको सुरुवात हुने दिन छ।

कर्कट : आज गरेको लगानीले विवाद सिर्जना हुनेछ। हरेक काममा तनाव बढ्ने दिन भएकाले धार्मिक कार्यमा सहभागी भएर मात्र कामको सुरुवात गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध भने कसिलो बन्नेछ। सामाजिक क्षेत्रमा गरेको योगदान भने सफल बन्नेछ।

सिंह : तपाईंको कलाको प्रशंसा हुने दिन छ। समयको सदुपयोग गर्नु राम्रो हुनेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : तपाईंले राम्रो बोलेँ भने पनि शब्दको गलत अर्थ लाग्नसक्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। राजनीतिक संगठनमा राम्रो पहुँच विस्तार हुनेछ। यसले सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारसँगको मिलाप राम्रो हुनेछ।

तुला : बौद्धिक क्षेत्रमा तपाईंको खुट्टा तान्ने साथीहरु लागि परेका छन् ।इमान्दारिता र संस्कारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्।

वृश्चिक : आज तपाईंको दिन सहज नबन्ने जोखिम देखिन्छ। मन उदास बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ। कार्यक्षेत्रमा भने सफलता मिल्ने योग छ।

धनु : श्रमको कदर स्वदेशमा भन्दा विदेशमा बढी हुनेछ। राम्रो कामको जस लिने धेरै भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीको आलोचना भए पनि परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : थोरै लगानी गरेर पर्याप्त आम्दानी हुनेछ। व्यापारमा लगानी गर्दा कार्यगत एकता गरेमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए पर्याप्त नाफा हुनेछ। प्रेम सम्बन्धमा भने झुकेर अगाडि बढ्दा सफलता मिल्ने योग छ।

कुम्भ : धनलक्ष्मी योग परेकाले गुम्न लागेको धन हात लाग्नेछ। राजनीतिमा झुटको खेती गर्नेहरुको जालमा फस्ने योग भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारमा तपाईंको आलोचना गर्ने र तपाईंलाई देखाएर हास्नेसँग सचेत हुनुपर्नेछ।

मीन : आफन्तबाट टाढा बस्नुपर्ने योग छ। नबोल्ने कुरा मुखबाट फुत्किने जोखिम देखिन्छ। नखाने कुरा खान मन लाग्ने भएकाले खानपानमा सचेत बन्नु राम्रो हुनेछ। अध्ययन र शिक्षाको क्षेत्रमा अल्छीपनले सताउने देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय