• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना


    २०८१ श्रावण ३०, बुधबार

    २०८१ श्रावण ३०, बुधबार

    नुवाकोट /
    देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

    महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    मिल्दो जुल्दो खबर