नुवाकोट /
जिल्लाको टोखा–छहरे सडकखण्डको शिवपुरी गाउँपालिका वडा -८ मा स्करपियो र यात्रुवाहक वस एक आपसमा ठोक्किएका छन्।
काठमाण्डौबाट छहरेतर्फ गइरहेको स्कारपियो र छहरेबाट काठमाण्डौतर्फ गइरहेको यात्रुवाहक वस जनज्ञान निकेतन माविको मोड नजिक एक आपसमा ठोक्किँदा र्दुघटना भएको हो।


दुर्घटनामा कुनैपनि मानविय क्षति नभएपनि र्दुघटनाका कारण स्कारपियोमा भने क्षति पुगेको छ ,बसमा सामान्य टुटफुट भएको छ।
