नुवाकोट /
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी -एमाले) नुवाकोटको आठौं अधिवेशनबाट अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् ।जिल्लामा पहिलोपटक भएको विद्युतीय मतदान मतदानबाट ३३७ मत प्राप्त गरी मैनाली अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्षका अर्का प्रत्याशी बुद्धिबहादुर प्रधानले २६० मत प्राप्त गरेका छन। अध्यक्षका अर्का उम्मेदवार माधवप्रसाद तिवारीले १० मत प्राप्त गरे।


६१७ मतदाता रहेकोमा ५९२ मत खसेको थियो। नेकपा एमालेको नयाँ कार्यसमितिको पदाधिकारी, सदस्य लगायत पालिकागत सदस्य तथा लेखा समितिको विभिन्न ३१ पदमा ८४ उम्मेदवार निर्वाचन प्रणालीबाट विजयी भएका थिए।
त्यस्तै, उपाध्यक्षमा राजेन्द्ररमण खनाल ३४७ मतका साथ निर्वाचित हुँदा सुदर्शन नेपाल २३५ मतमा रोकिए। सचिवमा शिवकुमार चित्रकार ३०६ मतका साथ निर्वाचित भएका छन् भने प्रतिस्पर्धामा रहेका निलकण्ठ आचार्यले २८६ मत प्राप्त गरे।
उपसचिवमा राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएको छ।
निर्वाचित पदाधिकारी सबै बद्री मैनाली प्यानलका हुन् भने सदस्य पनि अधिकांश मैनाली प्यानलका निर्वाचित भएका छन्।
