कास्की/
“हाम्रो भुमि हाम्रो भविष्य ” भन्ने नाराका साथ ५२ओै विश्व वातावरण दिवसकाे सन्दर्भमा वडा नं ६ पाेखरा केदारेश्वर महादेव मन्दिर परिसरमा र काेमाेगाने पार्कमा विभिन्न रंगका असारे फुल र पिच फ्लावरका बिरुवाहरु राेप्ने कार्य सम्पन्न गरेकाे छ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

“हाम्रो भूमि हाम्रो भविष्य” भन्ने नाराका साथ ५२औँ विश्व वातावरण दिवसको शुभकामना! साहित आज बिश्वभरी विभिन्न कार्यक्रम सहित मनाउदै गर्दा पोखरा ६ अवस्थित केदारेश्वर मन्दिर प्राङ्गणमा (कृष्टल मन्टेश्वरी पोखरा )का विद्यार्थी नानी बाबूको साथमा मन्टेश्वरिमा कार्यरत शिक्षक शिक्षिका लगायत सम्पुर्ण कर्मचारी संचालक परिवारले सरसफाइ सहित बृक्षारोपण गरि बिश्वपर्यावरण दिवस मनाउदै शुभकामना आदन प्रदान गरेका थिए।

उक्त अवसरमा, मन्टेश्वरिका संचालक रिना पौडेलले सानो मनतब्य राख्दै हामी सबैले हाम्रो वातावरणलाई सुरक्षित राख्न र हरियालीको संरक्षणमा योगदान पुर्‍याउन प्रतिबद्ध बनौँ। स्वच्छ हावा, सफा पानी, र हराभरा प्रकृतिको महत्वलाई बुझ्दै, वातावरण संरक्षणका लागि हामीले आजबाटै साना तर महत्वपूर्ण कदमहरू चालौं भन्ने सचेतना दिदै उपस्थिति माहानुभावहरुलाई प्रेरणा प्रदान गर्दै कार्यक्रम अघि बढेको थियो ।

वातावरणप्रति माया र सम्मान प्रकट गर्न, सबैले आफ्नो आफ्नो स्थानमा बृक्षारोपण, फोहोर व्यवस्थापन, र हरियाली संरक्षणका कामहरू गरौँ। यसै गरी, हाम्रो भविष्यलाई सुरक्षित र स्वस्थ बनाउँदै अघि बढ्न सक्नेछौं।आउनुहोस्, यस वातावरण दिवसमा हामी सबै मिलेर एक हरित र समृद्ध पृथ्वीको निर्माणमा सहभागी बनौँ ।भन्दै केदारेश्वर मन्दिरको मुर्धन्य विद्वान “चिद्धन चैतन्य” (डा.लेखनाथ आचार्य) लाई विशेष धन्यवाद दिदै कृष्टल मन्टेश्वरि परिवारले ५२ बिश्वपर्यावरण दिवस मनाउदै सप्पन्न गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x