नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकामा छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।प्रमुख प्रशासकिय अधिकृत रमेश सिंङ्दानको सभापतित्व र गाउँपालिका अध्यक्ष आशा तामाङको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

गत मंसिर २७ गतेदेखि ३ दिनसम्म चलेको उक्त प्रतियोगितामा ८ स्वर्ण ,८ रजत र ४ कास्यपदक हातपार्दै ग्रामसेवा माबी प्रथम भएको छ। कुल ८ स्वर्ण ,५ रजत र ६ कास्यपदक सहित देउराली माबी दोस्रो भएको छ भने ४ स्वर्ण ,२ रजत र ३ कास्यपदक सहित भुमेदेवी माबी तेस्रो बनेको छ।

यस्तैगरी बिन्दुकेशर माबिले ३ स्वर्ण ३ रजत र ६ कास्यपदक हात पारेको छ। सानू किम्ताङ माबीले २ स्वर्ण २ रजत र ६ कास्यपदक हातपार्न सफल भएको छ। सीता माबि १ रजतपदक ,सरस्वती माबी १ कास्यपदक, वैजन्ती शिक्षा निकेतन २ रजत, देउराली बोर्डिङ स्कुल २ रजत र २ कास्य तथा बागभैरुम आबिले ६ कास्यपदक जित्न सफल भएको छ।

यस्तैगरी छात्रातर्फको भलिमा ग्रामसेवा माबी प्रथम भएको छ भने छात्रतर्फको भलिबलमा सानुकिम्ताङ माबी प्रथम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय