नुवाकोट /
जिल्लामा आगामी माघ १० गतेदेखि २० गतेसम्म नुवाकोट च्याम्पियन फुटबल हुने भएको छ। नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा अन्तर पालिकास्तरीय फुटबल प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनले क्रमशः चार लाख चार हजार ४४४ रुपैयाँ र दुई लाख दुई हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए ।

प्रतियोगतामा सहभागिताको लागि प्रवेश शुल्क रु.५० हजार रहेको खेल संयोजक विजय गुरुङले जानकारी दिए ।

हरेक खेलका म्यान अफ द म्याचले नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, डिफेन्डर, मिड फिल्डर, फरवार्ड लगायतले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता विदुर नगरपालिका-४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय