• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    ११ औं भंगेरी कपको उपाधी विदुर -१२ ले जित्यो


    २०८० कार्तिक १३, सोमबार

    २०८० कार्तिक १३, सोमबार

    नुवाकोट/
    जिल्लाको म्यागङ -६ पुरानोपानीमा आयोजित ११ औं भंगेरी कपको उपाधी विदुर -१२ ले जितेको छ। आज सोमबार भएको फाइनल खेलमा नागिनिथान युवा क्लबलाई पेनाल्टी सुट आउटमा स्तब्ध पार्दै उपाधी चुमेको हो।

     

    म्यागङ गाउँपालिका प्रमुख आशा तामाङको प्रमुख आतिथ्यता उपप्रमुख सीता तामाङको विशेष आतिथ्यतामा सम्पन्न उक्त म्याचको पहिलो हाफ देखिनै विदुर-१२ १-० गोल अन्तरले आफ्नो पकड जमाएको थियो। यद्यपि खेलको दोस्रो हाफमा नागिनिथानको तर्फबाट पहिलो गोल फर्काएपछी खेलमा बराबरको अवस्था सिर्जना भएको थियो।

    निर्धारित समयसम्म पनि बराबरिको अवस्था रहेपछी पेनाल्टी सुट आउटको साहरा लिइएको थियो जसमा बिदुर- १२ रोमाञ्चक तरिकाले विजयी बनेको थियो।

    पूरा खेल यहाँ हेर्नुहोस:

    https://youtu.be/lOniiv754fY?si=Qn_1IjXWl5Etzc3h

     

    मिल्दो जुल्दो खबर