नुवाकोट/
जिल्लाको तारकेश्वर गापा- १ लर्केपमा दोस्रो लर्केप कप फुटबल प्रतियोगिता हुने भएको छ। नागिपाङ खेल मैदानमा लर्केप युनाइटेड युवा क्लबको आयोजनामा यही असोज २८ गतेदेखि शुरु हुन लागेको हो।

कार्तिक ४ गतेसम्म चल्ने उक्त दोस्रो लर्केप कप 9A साइड खुल्ला नक आउट फुटबल प्रतियोगिताको क्रममा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले बताएको छ।

विशेष गरी नेपालीहरुको महान चाड २०८० सालको बिजया दशमी तथा शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरी नागिपङ खेल मैदानमा दोस्रो लर्केप कप 9A साईड खुल्ला नक आउट फुटबल प्रतियोगिता गराउन लागिएको हो।

पुर्ण जानकारी:
टिम दर्ता मितिः २०८० असोज १५ देखि २६ गते सम्म
टाईसिट: २०८० असोज २७ गते ।
खेल शुरु मितिः २०८० असोज २८ गत खेल शुरु हुने समयः अपरान्ह ठिक १२:०० बजे। खेल समापन मितिः २०८० कार्तिक ०४ गते
खेलाडी संख्या: ३ जना अत्तिरिक्त खेलाडी सहित १२ जना
खेल हुने स्थानः नागिपङ खेल मैदान तारकेश्वर गा. पा. – १, लकॅप, नुवाकोट ।
टिम दर्ता शुल्कः पुरुषः ७५००/- मात्र
पहेलो कार्ड: ५००/- र रातो कार्ड: १०००/-

पुरस्कारहरु:
प्रथम पुरस्कार : रु, ६१,१६१/- ट्रफि, मेडल, प्रमाण पत्र
द्वितिय पुरस्कार: रु, ३१,१६१/- ट्रफि, मेडल, प्रमाण पत्र

अन्य विद्याको पुरस्कारहरु
उत्कृष्ट खेलाडी: ट्रफि, मेडल, प्रमाण पत्र
महिला: रु, १५००/- मात्र
खाता नं. ०५८१०४९३६३००१६ हिमालयन बैंक
Email: larkepunitedyouthclub2075@gmail.com
उत्कृष्ट गोल रक्षक: ट्रफि, मेडल, प्रमाण पत्र
सर्वाधिक गोलकर्त्ताः ट्रफि, मेडल, प्रमाण पत्र
महिलाहरुको लागि पुरस्कार टिम दर्ता संख्याको आधारमा तोकिने छ ।
सम्पर्क नं. ९८४८५९५८८७ ९८६६४४०८८०, ९७६६९१६०८६, ९७४९७१८०५७ ९८४३८४८४४६ नोटः प्रतियोगिताको समयमा कुनै टिमले नियम विपरित कार्य गरेको खण्डमा सो टिमलाई प्रतियोगितबाट निस्काशित गरिनेछ र खेलमा कुनै विवाद उत्पन्न भएमा आयोजक तथा यम्पारको निर्णय नै
प्रतियोगितको नियमहरु:
१) खेलाडीहरुमा जर्सी अनिवार्य हुनु पर्नेछ ।
२) खेल सुरु हुनु भन्दा ३० मिनेट अगाडी खेलाडीले खेल संयोजकसँग सम्पर्क गर्नुपर्दछ ।
३) आयोजकले तोकिएको समयमा खेलाडी उपस्थित गराउन नसकेमा सो टिमलाई निस्काशन गरिने छ । ४) कुनै कारण बस खेलको समयमा मौसम प्रतिकुल भएमा खेल सार्न सकिने छ ।

आयोजक
लर्केप युनाइटेड युवा क्लब तारकेश्वर गा.पा. -१, लर्केप, नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x