
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिकाका कुनै पनि गाडी सरकारबाट रोकिए सिंहदरबारमा आगो लगाईदिने चेतावनी दिएका छन्।
उनले आजपनि आफ्नो महानगरपालिकाका गाडी सरकारबाट रोकिएको संकेत गरेका छन्। उनले आजको लागि केही भएन भन्दै भोलिबाट महानगरका कुनैपनि गाडी सरकारबाट रोकिए भने सिंहदरबार आगो लगाउने चेतावनी दिएका हुन्। उनले फेशबुकमा सरकारलाई चेतावनी दिँदै यस्तो पोष्ट गरेका छन।
उनले लेखेका छन्-
आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार।