काठमाडौ /
नेकपा माओवादी केन्द्रले जनतासँग विशेष अभियान शनिवार भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्ने भएको छ। माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रवार पार्टी केन्द्रीय कार्यालयबाट पत्रकार सम्मेलन गरी ७५३ पालिकाको सबै वडामा एकसाथ उद्घाटन गर्ने जानकारी दिएका हुन्।

अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे केन्द्रीय कार्यालयबाट गर्ने सापकोटाले जानकारी दिए। सबै वडाको उद्घाटन गरे पनि दिउँसो १ बजे चन्द्रागिरि–२ घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए।

जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दहालले पेरिस डाँडाबाट जुममार्फत ६ हजार ७ सय ४३ वडामा एकसाथ गर्ने भएका हुन।

पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले जनताकै सहयोगमा विगतमा जनयुद्ध सफल भएको जिकिर गर्दै तीन महिने अभियानबाट माओवादी फेरि जुरुक्क उठ्ने दाबी समेत गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय