काठमाडौ/
तत्कालीन माओवादी जनयुद्धमा बालसेना प्रयोग गरेको भन्दै सर्वोच्चमा परेको रिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईले लिखित जवाफ पठाएका छन्।
पूर्व बालसेना लेलिन विष्टले प्रधानमन्त्री प्रचण्ड र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई प्रतिवादी बनाई मुद्दा दायर गरेका थिए। प्रचण्डले जनयुद्धका क्रममा बालसेनाको प्रयोग नभएको जवाफ दिएका छन् ।साथै उक्त विषय संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले नै टुंगो लगाइसकेको दाबी छ।
उक्त रिटको पेशी आगामी असोज १५ गतेका लागि तोकिएको छ। लिखित जवाफमा माओवादी सेनाका लडाकु २०६३ जेठ ११ अघि सेवामा प्रवेश गरेका, बालिग र नेकपा (माओवादी) को परिचय पत्र लिएकालाई मात्रै मानिएको उल्लेख छ।
सक्रिय रुपमा खटिएका माओवादी सेनाका सदस्यबाहेक अन्य कुनै पनि व्यक्तिलाई माओवादी सेना मान्न नसकिने जवाफमा उल्लेख छ। जवाफमा उक्त रिट खारेजभागी रहेको उल्लेख छ।