काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै मेयर बालेन्द्रले सबैजना मरेका लासहरू हुन?’बताएका हुन्।

‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो, दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा,’ बिहीबार साँझ उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछ, र म मात्र बिरोधमा? र म मात्र अदालतको अवहेलनामा? सबै जना मरेका लासहरू हुन?’

प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘आफू प्रधानमन्त्री बन्न व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ अभिव्यक्ति दिएसँगै त्यसको चौतर्फी आलोचना भइरहेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त संसद नै अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय