ताबुक ,साउदी अरब/

गैर आवासीय नेपाली संघ(एनआरएनए), क्षेत्रीय समन्वय समिती ताबुकको आयोजनामा भलिबल प्रतियोगिता, बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सप्पन्न भएको छ।

मुस्लिम समुदायको महान पर्व इद अल अधा-२०२३को अबसरमा शुक्रबार आयोजित उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय समन्वय समिती ताबुकका अध्यक्ष नर बहादुर खतिवडा ,विशिष्ट अथिती महावाणिज्यदूतावास जेद्दाका वाणिज्यदूत भुवन पौडेल ,प्रमुख अथितीद्वय आर सि सि ताबुकको संरक्षक /सल्लाहकार भक्त बहादुर हमाल र आर सि सि जेद्दाका निर्वतमान अध्यक्ष डि पि अर्याल ,अथितिहरुमा आर सि सि जेद्दाका सह-सचिव देवराज अर्याल , आर सि सि जेद्दाका सह-कोषाध्यक्ष आनन्द पाण्डे, लक्ष्मण रोकाया , हिमाल रेमिटको प्रतिनिधित्व मोहन खनाल, कुमारी रेमिटको प्रतिनिधित्व दिपक तामाङ लुलु सुपरमार्केटको प्रतिनिधित्व शक्ति भट्ट ,सुलभ रिक्रुमेन्टसको प्रतिनिधित्व बुद्धिप्रसाद बास्तोला , त्यसैगरी ताबुक र ताबुक आसपासमा रहनु भएका दाजुभाइ तथा दिदिबहिनिहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।

कार्यक्रममा आमन्त्रित महामहीम राजदूत श्री नवराज सुवेदी र का. बा. महावाणिज्यदूत श्री शत्रुधन पोखरेलको कार्य व्यस्तताको कारण भौतिक रुपमा उपस्थिति नभएता पनि उहाँहरुले पठाउनु भएको भिडियो शुभकामना सन्देश उपस्थित महानुभावहरुलाई प्रोजेक्टर मार्फत देखाइएको थियो।

पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित १० टिमको सहभागिता थियो। जसमध्ये नियोम-१ले प्रथम स्थान र लुलु सुपरमार्केटले दोस्रो स्थान हासिल गरेको थियो। यी दुई टिमको कडा प्रतिस्पर्धा अति नै रोचक र रमाइलो भएको थियो। प्रतियोगिता सौहार्दपूर्ण र विवाद रहित वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागिता जनाउनको लागि टाढा टाढाबाट दर्शकहरुको उल्लेखनीय उत्साहजनक उपस्थिती थियो।

कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि प्रायोजक गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबकी वरिष्ठ उपाध्यक्ष श्रीमती रविना अर्याल,सह-प्रायोजक हरु हिमाल रेमिट ताबुक शाखा, कुमारी रेमिट ताबुक शाखा,लुलु सुपरमार्केट ताबुक शाखा, आर सी सी जेद्दा, अल साफी कप्पनीमा कार्यरत साजन तामाङ, रेशम थापा शुशिल तामाङ, सनम चौधरी थापा र बिश्नु थापा तथा सुलभ रिक्रुटमेन्ट ,बसुन्धरा, काठमाडौंले गरेको थियो। कार्यक्रममा उपस्थित विशिष्ट अथिती, प्रमुख अतिथी र अथितीहरुले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमको मुख्य आकर्षण नेपाली महिला दिदीबहिनीहरुले बनाएको नेपालीपनको झल्को दिने मःम, चाउमिन र सेलरोटीको परिकारले अर्को मिठास दिएको थियो। बिबिध सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न महानुभावहरुले विविध बिधामा आफ्नो कला प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महानुभावहरुलाई गीत संगीतको माध्यमबाट भर पुर मनोरञ्जन दिएका एनआएएनकर्मी देबी बहादुर सुतार कार्कीले जानकारी दिए।

कार्यक्रममा विशिष्ठ अथिती वाणिज्यदूत भुवन पौडेलले साउदी कानुनले वर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गर्नु भएको थियो भने गित संगीत र खेलकुदको माध्यमबाट जिवनमा हुने फाइदाहरुको बारेमा जानकारी दिनुभएको थियो । कतिपय कार्य नेपालमा सामन्य रहेपनि यहाँ गैरकानुनी हुने हुदा त्यस्ता कार्यहरु नगर्नु हुन अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित हुने अधिकाश महानुभावहरुले नेपालमै भएको अनुभूति गरायो र यस्ता कार्यक्रम आगामी दिनमा अझै परिस्कृत बनाउदै सन्चालन आयोजकको ध्यानाकर्षण गराएको थियोे।

श्रमिक अन्तरक्रिया अन्तर्गत महावाणिज्यदूत भुवन पौडेलले श्रमिकहरुको विभिन्न गुनासोहरु सुनी दूतावासको तर्फबाट समस्याको समाधनका लागि सक्दो सहयोग रहने बताउनु भयो।
कार्यक्रमको अन्त्यमा विजयी खेलाडीहरुलाई आर सि सि ताबुकका सस्थापक तथा सल्लाहकार श्री भक्त बहादुर हमाल र आर सि सि ताबुकका अध्यक्ष श्री नर बहादुर खतिवडा ज्यु को हातबाट प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कार वितरण गरिएको थियो।

करिब ५०० जना दर्शक उपस्थिति भएको कार्यक्रममा स्वागत मन्तव्य साबित्रा बनले दिएका थियो भने कार्यक्रमको सञ्चालन आर सि सि ताबुकका उपाध्यक्ष युवराज पोखरेल र प्रवक्ता शक्ति भट्टले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय