नुवाकोट /
नेकपा एमालेका सांसद ठाकुर गैरेले अर्थमन्त्री डा.प्रकाशशरण महत र सरकारले देशका तीन जिल्लालाई मात्रै नेपाल देखेको र अन्य क्षेत्रलाई विभेद गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको बजेट माथिको छलफलमा बोल्दै सांसद गैरेले सरकारले देशका गोरखा,नुवाकोट र डडेल्धुरालाई मात्रै बजेट छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

अर्थमन्त्रीले बजेट विनियोजन गर्दा तीन जिल्लालाइ कूल बजेटको ४० प्रतिशत रकम विनियोजन गरेर अन्य क्षेत्रलाई विभेद गरिएको टिप्पणी गरेका छन्।

“म सुन्दै छु, यो सरकारले एउटा डडेल्धुरा र डडेल्धुराका जनतालाई नेपाली देख्छ, अर्काे नुवाकोट र नुवाकोटको जनतालाई मात्र नेपाली देख्छ, गोरखा र गोरखाको जनतालाई मात्र सम्पूर्ण नेपाली जनता देख्छ। र सोही त्यहीँ आँखाबाट बजेटको विनियोजन भइरहेको छ,” उनले भने।

सत्तापक्षकै सांसदले बजेट र सरकारको गतिविधिप्रति असन्तुष्टि जनाउँदै आमरण अनसन बसेको स्मरण गराउँदै गैरेले अर्थमन्त्रीको विभेदकारी नीति कायमै रहे सदनबाट शसक्त प्रतिवाद गर्ने चेतावनसमेत दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय