• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम: एमालेले पारित हुन नदिने


    २०८० जेठ ६, शनिबार

    २०८० जेठ ६, शनिबार

    नुवाकोट /
    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ।

    एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका हुन्। शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न नसकिने अडान राखे।

    ad
    ‘यो एउटा बेकारको पुलिन्दा हो। जसले यस देशलाई निर्देशित गर्न सक्दैन। नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन। कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन। यसले कुनै डेस्टिनेसन नै तोकेन। कुनै बाटो नै देखाएन। जसले गर्दा त्यहाँ पुगिने भन्ने कुरै रहेन। कहाँ पुग्ने भन्ने कुरै छैन यसमा,’ अध्यक्ष ओलीले भने।

    मुलुकको अर्थतन्त्रको समस्यासमेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको जिकिर गर्दै उनले आपत्ति जनाए। ‘अलिअलि केही कुराहरू पुरानबाट तानतुन गरिएका छन्। यसले नीतिगत रूपमा कुनै मार्गनिर्देश गर्दैन। स्वीकारयोग्य छैन, समर्थनयोग्य छैन। विरोधयोग्य छ। यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउँमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो। यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन। यसको विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिसन त्यही हो,’ ओलीले भने।

    मिल्दो जुल्दो खबर