• कार्तिक ७, २०८३ शुक्रबार
    23 Oct, 2026, Friday

    नेपाली जनप्रगतीशील मञ्च क्यानडाको अध्यक्षमा बुद्धिलाल तामाङ चयन


    २०७९ चैत्र २०, सोमबार

    २०७९ चैत्र २०, सोमबार

    नुवाकोट /
    नेपाली जनप्रगतीशील मञ्च क्यानडाको अध्यक्षमा धादिङ बुद्धिलाल तामाङ चयन भएका छन् ।माओवादी केन्द्रको प्रवास समन्वय समितिका सह-इन्चार्ज लक्ष्मण पन्त र अध्यक्ष ओम शर्मालगायतको उपस्थितिमा जनप्रगतीशील मञ्च क्यानडा पुनर्गठन गरिएको हो।

    नयाँ नेतृत्वमा आएका तामाङ जनयुद्धकालका धादिङ जिल्ला जनसरकार प्रमुख थिए। उनको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति रहेका छन् भने ५ सदस्यीय सल्लाहकार समिति पनि बनाइएको छ। जसमा चन्द्र राई र अशोक खड्कालगायत रहेका छन्।

    भर्चुअल माध्यमबाट भएको कार्यक्रममा प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले वर्तमान समसामयिक राजनीतिक स्थितिको बारेमा बोलेका थिए।

     

    मिल्दो जुल्दो खबर